काठमाडौं – तिब्बतको मानसरोवर यात्राका क्रममा एक भारतीय चिकित्सक बेपत्ता भएका छन् ।भारतका ४४ वर्षीय डा. जय दिनेश कोटेचा सम्पर्कविहीन भएपछि उनका परिवार तथा आफन्तले खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
उपलब्ध जानकारीअनुसार डा. कोटेचासँग अगस्ट २६ गते बिहान ६ः२१ बजे अन्तिम पटक सम्पर्क भएको थियो । उनको अन्तिम स्थान टिमुरे उल्लेख गरिएको छ ।
डा. कोटेचा तिब्बतको मानसरोवर यात्राका लागि काठमाडौंस्थित रिचा टुर्समार्फत नेपाल आएका थिए । उनीसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तले तिब्बत तथा प्रभावित क्षेत्रमा रहेका व्यक्ति, संस्था र सम्बन्धित निकायलाई खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
डा. कोटेचाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल परिवार वा सम्बन्धित ट्राभल एजेन्सीलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।डा. जय दिनेश कोटेचाबारे जानकारी भएमा भारततर्फको सम्पर्क नम्बर +९१ ९५८८५५५५९९ मा सम्पर्क गर्न सकिनेछ ।त्यस्तै, काठमाडौंस्थित रिचा टुर्सको +९७७ १४७२००३३ वा +९७७ ९८०२०२००४२ मा समेत सम्पर्क गर्न सकिने जनाइएको छ ।