नेपाल क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ। आज भएको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध अध्यक्षमा दोहोरिए भने रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षमा निर्विरोध भए।
सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। उनी र प्रशानविक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो। पारसलाई चन्दको समर्थन रहेको थियो। पारसले ४३ मत पाए भने मल्लले ३२ मत पाए। ८५ मत खसेकोमा अब १० मत गणना हुन बाँकी छ। पारस पहिलो पटक क्यानको राजनीतिमा उत्रिँदा बागमती अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित भएका छन्।