बैतडी । डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु् भएको छ। मृत्यु हुनेमा जिल्लको आलिताल गाउँपालिका-७ बन्से खडक बिष्टका २२ बर्षिया छोरा राजेश बिष्ट रहेको छन्। खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार साझ करिब ६ बजे बिष्ट करेन्ट लागेर बेहोस भएका थिए। उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
बिष्टको शव अहिले अस्पतालमै राखीएको छ।