जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३२ जना पुगेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९५ जना र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाले ज्यान गुमाएका हुन्।
भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन्। जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन्। ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन्।
घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ। गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।