भूमिराज कम्प्युटर इन्स्टिच्युटको आयोजनामा देउसी-भैलो कार्यक्रम सम्पन्न 

बैतडी-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर -१२ मा रहेको भूमिराज कम्प्युटर इन्स्टिच्युटको आयोजनामा देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ ।

संस्कृति जोगाऔं, विकृति हटाऔं भन्ने मुल नारा लिएर संस्कृति संरक्षणको लागि भूमिराज कम्प्युटर इन्स्टिच्युटले देउसी – भैलो कार्यक्रम सञ्चालन गरेको हो।

समाजमा विद्यमान सामाजिक समस्या तथा विकृति न्यूनीकरण लागि
इन्स्च्युटले देउसी भैलो कार्यक्रमको आयोजना गरेको इन्स्च्युटका सञ्चालक दुर्योधन कुँवरले जानकारी दिए।

यसैगरी,कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका खेल्ने,मौलिक संस्कृतिको संरक्षण, तथा धर्म,परम्पराको नाम रहेका प्रथा प्रचलन न्यूनीकरण गर्नमा ठूलो सहयोग पुग्ने भएकोले समेत कार्यक्रमको आयोजना गरिएको कुँवरले बताए ।

तिहारको बेला धेरै बाहिर रहेकाहरु गाउँघरमा तिहार मनाउन फर्किएका हुन्छन् । तिहारमा देउसी-भैलो खेल्दा निकौ रमाइलो तथा मनोरञ्जन हुने पनि गर्छ ।

यस्तै,उक्त देउसी -भैलो कार्यक्रममा बिरेन डान्स एकेडेमीको सचेतनामूलक गीति नृत्य रहेको थियो,भने त्यस्तै सामाजिक अभियन्ता तथा कलाकार प्रकाश जि .पी चिन्तनको पनि सहभागिता रहेको स्थानीय राम बहादुर बोहोराले बताए ।

यसैबीच,प्रकाशले गीत,गजल र मुक्तक मार्फत देउसी-खेल्ने सबैलाई हौसला प्रदान गर्नुको साथै चेतनामूलक संदेश घर घरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बोहराले बताएका छन् ।

स्थानीय कला र संस्कृतिको जोगर्नाको लागि आयोजित देउसी-भैलो कार्यक्रम नौलो पुस्ता माझ निकै लोकप्रिय बनेको छ, जतिबेलासम्म हाम्रो गाउँसमाजको संस्कृति जिवित छन्,त्यतिबेलासम्म मात्र देश राष्ट्र जिवित रहन्छन् ,आजको बदलिँदो युगमा हाम्रो लोक संस्कृतिमाथि विभिन्न प्रकारले अर्थात चारैतिरबाट आक्रमण भैरहेको अवस्थामा आफ्नो क्षेत्रको गाउँसमाजमा चिनारी जोगाउने यो प्रयासले भबिस्यमा फड्को नमार्न सक्ला भन्ने छैन्,यो प्रयासका लागि संस्थाको उत्तरोत्तर प्रगतिको लागि पुष्पाञ्जली सामुदायिक विकास तथा उत्थान समाज ,बैतडीका अध्यक्ष समेत रहेका प्रकाशले शुभ कामना व्यक्त गरेका थिए।

यस्तै,बालविवाह सामाजिक अपराध हो,यसको रोकथामका हामी छोरीहरू नै सचेत बनेर बालविवाह प्रथा हटाउनुपर्छ भन्दै शंकर देव क्यापस,काठमाण्डौमा अध्ययनरत छात्रा निर्मला भट्ट सँगै सृजना भट्ट पनि उक्त कार्यक्रममा रहेको अर्की छात्रा जेनिशा खडायतले बताइन्।

अहिलेको युगमा पनि जातीय विभेद अझै रहेको र त्यस्ता हानिकारक प्रथा प्रचलन अन्त्यको लागि जनचेतनामुलक देउसी-भैलो खेलिएको अर्की छात्रा सुशीला विकले बताइन्।

राना,थारु र चौधरीहरुको पहिचान झल्कने पहिरनमा पनि देउसी भैलो खेलिएको जनाएको छ। वीरेन्द्र चौधरीको नेतृत्वमा कलाकार ज्योति राना,माया रानाको पनि सहभागी भएको थियो।

यस्तै,भूमिराज कम्प्युटर इन्स्टिच्युटले आयोजना गरेको देउसी -भैलो कार्यक्रममा सबै जातजातिका बालबालिका पनि रहेका बताइएको छ । देउसी -भैलोसँगै यसै वर्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ललित कला तर्फको युवा प्रतिभा पुरस्कार पाएका कलाकार तथा स्थानीय कालिगड जय बहादुर पार्कीको घरमा पुगेर उनको राम्रो काम गरेको प्रशंसा गर्दै सम्मान समेत गरिएको थियो ।
स्थानीय कालिगड तथा कलाकार पार्कीले पनि सम्पूर्णमा तिहारको शुभकामना व्यक्त गर्दै एकआपसमा हामी सबैलाई जोड्न यस्ता कार्यक्रमहरु निरन्तर गरिरहनु पर्नेमा जोड दिए ।

भेषभूषामा सजिएर परम्परागत शैलीमा देउसी- भैलो भट्याउदै र नेपाली देउसी-भैलो भाकामा नाच्ने गाउने गर्दै नेपालीहरुको महान पर्व तिहारको पावन अवसरमा आफ्नो संस्कृति पनि जोगाउँ र समाजको निम्ति केही गरौं, भन्ने भावना बाट उत्प्रेरित सबै सबैको स्वस्फूर्त सहभागिता, सहयोग र योगदानको फलस्वरुप यस बर्षको देउसी-भैलो कार्यक्रम ईन्स्टिच्युले आयोजना गरेको तथा यसले समाजबिचको पारस्परिक समजदारि, सहयोग, लगनसिलता र दरिलो एकताको प्रतिबिम्बित गर्नेछ ।

Leave A Reply

Your email address will not be published.