बैतडी कारागारका २२ कैदीले लगाए दिदीबहिनीबाट टिका

बैतडी-बैतडी कारागारमा रहेका केही कैदीहरुले आफन्ततबाट टिका ग्रहण गरेका छन् । कारागार कार्यालय बैतडीका अनुसार २२ जना कैदीहरुले आफन्तबाट टिका लगाएका हुन् ।
कारागारमै पुगेर कैदीका दिदीबहिनीहरुले टिका लगाएको जिल्ला कारगार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिइन् । टिका लगाउन पुगेका दिदीबहिनीहरुका लागि कैदीहरुलाई पालैपालो बाहिर बोलाएर २२ दाजुभाईले टिका ग्रहरण गरेको उनले बताइन् ।
कारागारमा यतीबेला ७२ जना कैदीहरु रहेका छन् । २५ जनाको क्षमता रहेको बैतडी कारागारमा करीब तेब्बर कैदी बस्न बाध्य छन् ।

Leave A Reply

Your email address will not be published.