पिएम कप सुदूरपश्चिम छनौट: बैतडी दोस्रो जितसंगै शिर्ष स्थानमा

बैतडी-प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ। दोस्रो जितसंगै बैतडी शिर्ष स्थानमा उक्लिएको छ।
पहिलो खेलमा बझाङलाई ६ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित दर्ता गर्यो। बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो। उसका रेवती धामीले २८ र बिन्दु रावलले २४ रन बनाइन्।

बैतडीका लागि करिष्मा थापा र बसन्ती बोहराले १र१ विकेट लिइन्। त्यसअघि कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेकोबैतडीले १५ ओभरमा २ विकेटको क्षतिमा १२९ रन बनायो । जसमा कप्तान रितु कनौजियाले अविजित ३५ र लक्ष्मी महरले २८ रनको योगदान गरिन्। कञ्चनपुरका लागि अर्चना चन्दले १ विकेट हात पारिन्। रितु खेलकी ओम्यान अफ द म्याच चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले बताउनुभयो ।
प्रदेशस्तरीय छनौट प्रतियोगिताका सबै खेल जित्दै च्याम्पियन हुने लक्ष्य रहेको बैतडीका टीम व्यवस्थापक अनिल विष्टले बताउनुभयो ।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ। काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेटप्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.