जात व्यवस्था उन्मूलन मोर्चा नेपाल डडेल्धुराको संयोजकमा ताम्राकार

मेलौली न्यूज
मंसिर ९ बिहीबार,२०७८

डडेल्धुरा जात व्यवस्था उन्मूलन मोर्चा नेपाल डडेल्धुराको संयोजकमा सागर ताम्राकार चयन भएका छन । मोर्चाका सचिव महावीर विश्वकर्मा र सुदूरपश्चिम प्रदेश समिति संयोजक विजय विश्वकर्माको उपस्थितिमा गठन गरिएको समितिमा ताम्राकार संयोजकमा चयन भएका हुन।

पहिलो पल्ट गठन गरिएको समितिमा १३ जना सदस्य चयन गरिएका छन। सदस्यहरूमा कल्पना कैनी, भीम भूल, धनी कोली, रोशनी ताम्राकार, तीर्थ नेपाली, दीपक पार्कि, राकेश दयाल, पारस साउँद र भरत र बाँकी ३ जना सदस्य पछि थपिने संयोजक ताम्राकारले बताए।

Leave A Reply

Your email address will not be published.