ग्वाल्लेक निर्माण सेवाको दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहयोग

बैतडी-बैतडीस्थित ग्वाल्लेक निर्माण सेवा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख सहयोग गरेको छ ।

बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीका तर्फबाट उक्त रकम कोषमा जम्मा गरिएको कम्पनीका प्रबन्ध निर्देशक सुरेश चन्दले जानकारी दिनुभयो ।

बैतडी निर्माण व्यवसायी सङ्घका अध्यक्ष समेत रहनुभएका चन्दले विपद्को समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.