बिडिसिए कप क्रिकेट: महारूद्र र ग्वाल्लेक भिड्दै

बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत आज समूह सि को दोस्रो खेलमा आजमा महारूद्र युवा क्लब र ग्वाल्लेक क्रिकेट क्लब भिड्नेछन्। दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा ग्वाल्लेकले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

पहिलो खेलमा दशरथचन्द एकेडेमीसंग हारेको ग्वाल्लेकलाई सेमिफाइनलको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको महारूद्र सुखद शुरूवात गर्न चाहन्छ।

समूह ए बाट एनआरवाइसी बठ्ठा र समूह बी बाट निङलाशैनी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो। यस प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको छ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी-२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो।

Leave A Reply

Your email address will not be published.