संरक्षण कोषद्वारा मेलौलीको असुरमौजा वनलाई ९ लाँख सहयोग

बैतडी । मेलौली नगरपालिका-०९ मा वैकल्पीक जिविकोपार्जन कार्यक्रम सञ्चालन हुने भएका छ। राष्ट्रिय प्रकृति संरक्षण कोष भिमदत्त नगरपालिका–१५ शुक्लाफाटा संरक्षण कार्यक्रम मार्फत वैकल्पीक जिविकोपार्जन कार्यक्रम सञ्चालन हुने वडा अध्यक्ष लोकराज भट्टले बताए।

असुरमौजा सामुदायिक वन मार्फत वैकल्पिक जिविकोपार्जन कार्यक्रम सञ्चालन भएको हो। शनिबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा वैकल्पीक जिविकोपार्जन कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको वडा अध्यक्ष भट्टले बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा.नरेश सुबेदी र कार्यालय प्रमुख लक्ष्मीराज जोशिले ९ लाँखको चेक मेलौली नगरपालिका नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट हस्तातरण गरेका थिए। नगर उप–प्रमुख बिष्टले सो चेक असुरमौजा सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टलाई बुझाएको जनाईएको छ।

मानब बन्यजन्तुको अस्तीत्व कायम गर्न समुदाय स्तरमा वैकल्पीक जिविकोपार्जन कार्यक्रम सञ्चालन भएको हो। बिगत दुई बषैदेखीको अथक प्रयासपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा वैकल्पीक जिविकोपार्जनका लागि सम्झौता गर्न सफल भएको वडा अध्यक्ष भट्टको भनाई रहेको छ। सुक्लाफाटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी राज जोशी, सुमन मल्ल र संरक्षण कोषका निर्देशक डा.नरेश सुबेदी लगायतको टोलीले सम्झौता गरेका हुन।

हालको लागि वडा नम्बर ९ का १८ जनलाई आफुले चाहेको कामका लागि सहुलियतमा ऋण उपलब्ध गराईने छ। चितुवाको कारण, बन जगल नजिक बसोबास गरिरहेका र गरिब ब्यक्तिका लागि सहुलियतमा ऋण उपलब्ध गराईने जनाईएको छ। बिशालपुर बहुउद्धेशीय सहकारीमा खाता खोली संरक्षण कोषद्वारा प्राप्त रकमबाट ऋण उपलब्ध गराउने असुरमौजा सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालमा मेलौली नगरपालिका नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट, वडा अध्यक्ष लोकराज भट्ट, असुरमौजा सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्ट, उप–समुह अध्यक्ष शकंरदत्त भट्ट, बिशालपुर कृर्षी सहकारीका प्रबन्धक अकबर राम लुहार, वडा सदस्या धना बिक लगायतका ब्यक्तिहरुको सहभागितामा सम्झौता गरिएको हो।

No description available.

Leave A Reply

Your email address will not be published.