बैतडीको शिबनाथमा जारी राष्ट्रपति रनिङ शिल्ड : आज बिभिन्न खेल सम्पन्न

बैतडी । शिबनाथमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजोबाट सुरु भएको छ। नगार्जुन माबि शर्मालीको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको शुरुवात गरिएको हो।

आज दोस्रो दिन बिभिन्न खेलहरु सम्पन्न भएका छन। छात्रा तर्फ १५०० मिटर दौडमा नगार्जुन माबि शर्मालीकि कंञ्चन साउद पहिलो भएकि छिन। हिरापुर माबि बसेडिभ्वाकि सुनिता चन्दा दोस्रो र चन्द्रदेबल माबि सोल्पलाकि सितल साउद तेस्रो भएकि छन। यसैगरी छात्र तर्फ नगार्जुन माबि शर्मालीका सुरज साउद पहिलो, हिरापुर माबि बसेडिभ्वाका पारस रावत दोस्रो र शारदा माबि मटेलाका बिरेन्द्र साउद तेस्रो भएको प्रदेश रेफ्रि किशोर सिह नेगीले बताए।

३००० मिटर दौडमा छात्र तर्फ नगार्जुन माबि शर्मालीका दिपक साउद पहिलो, शारदा माबि मटेलाका बिरेन्द्र साउद दोस्रो, श्रिपुर माबि पुडिलका किशोर साउद तेस्रो र चन्द्रदेबल माबि सोल्पलाका अनिल महता चौथो भएका छन। २०० मिटर दौडमा छात्रा तर्फ नगार्जुन माबि शर्मालीकि अञ्जु साउद पहिलो, उदय माबि कफाडिकि अञ्जु चन्द दोस्रो र पिपलकोट माबि लोजनकि निर्मला महता तोस्रो भएकि हुन।

२०० मिटर दौडमा छात्र तर्फ हिरापुर माबिका सोनु धनाडी पहिलो, नगार्जुन माबि शर्मालीका रमेश रावत दोस्रो र चन्ददेबल माबि सोल्पलाका सुवास महर तेस्रो भएका छन। ४०० मिटर दौडमा छात्र तर्फ नगार्जुन माबि शर्मालीका पारस महर पहिलो, हिरापुर माबि बसेडिभ्वाका सोनु धनाडी दोस्रो र श्रिपुर माबि पुडिलका संकर साउद तेस्रो स्थानमा आएका छन।

४०० मिटर दौडमा छात्रा तर्फ नगार्जुन माबि शर्मालीकि मञ्जु साउद पहिलो, श्रिपुर माबि पुडिलकि जानकि साउद दोस्रो र उदय माबि कफाडिकि सबिता चन्द तेस्रो स्थानमा आएको जनाएको छ। भलिबल तर्फ तृतिय स्थानका खेलहरु सम्पन्न भएका छन। छात्र तर्फ चन्ददेबल माबि सोल्पला र छात्रा तर्फ पिपलकोट माबि लोजनी तृतिय भएको प्रदेश रेफ्रि किशोर सिह नेगीले बताए।

भालिबलका बाकि खेलहरु भोलि खेलाईने छन। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको हो।
प्रतियोगितामा पालिका भरीका ८ माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको छ।

Leave A Reply

Your email address will not be published.