बैतडी । सुदूरपश्चिम प्रदेश बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
सुदूरपश्चिमले उपाधिको लागि बिहिबार कोहलपुर मेयर(११ संग भिड्नेछ। फाइनलमा उच्च मनोबलका साथ टोली मैदान उत्रने र उपाधि रक्षा गर्ने लक्ष्य रहेको सुदूरपश्चिमका प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको (०.४९२ रह्यो।
लिग चरणका सबै चार खेल जित्दै ८ अंक सहित कोहलपुर मेयर-११ अंकतालिकाको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर(११ ले बागमती प्रदेशलाई पराजित गर्यो।
सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो। लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७।४ ओभरमा भेटायो।
सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिईन्। स्नेहा महराले १० रन योगदान दिईन्। लुम्बिनीको बलिंगमा सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिईन्।
यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले १९।३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो। लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिईन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमले अतिरिक्तको रुपमा १७ रन खर्चियो।
सुदूरपश्चिमको बलिंगमा रबिना साउदले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन्। करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १र१ विकेट लिईन्। कोहलपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको थियो।


