डडेल्धुराको भागेश्वरमा जग्गा नापजाँच सुरुवात

डडेल्धुरा-डडेल्धुराको भागेश्वरमा जग्गा नापजाँच सुरुवात गरिएको छ । गाउँपालिकाको वडा नम्बर-५ बाट भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरुवात भएको छ। वडा नम्बर(५ का वडा अध्यक्ष एवंम वडा स्तरीय सहजीकरण समितिका संयोजक नरेन्द्र बहादुर थापाको अध्यक्षतामा निस्सा वितरण एवं जग्गा नापजाँच सुरु भएको भागेश्वर गाउँपालिकाका नापी प्राबिधिकका अमिन सन्दीप महराले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत,राष्ट्रिय भुमि आयोग डडेल्धुराका अध्यक्ष शेर भण्डारी विशिष्ट अतिथी थिए , अब भागेश्वरका सम्पुर्ण वडाहरुमा सरुवा गरिने छ बाकिँ सम्पुर्ण वडाहरुको लगत प्रविस्ट कार्य सम्पन्न भै हकदावीको सुचना जारी गर्ने तयारी भैरहेको नापी प्राविधिक महराले बताए ,

भागेश्वर गाउँपालीका अन्तर्गत रहेका ३९ परिवार भुमिहिन सुकुम्बासी र भुमिहिन दलित रहेका छन भने ५ सय २२ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । भुमिहिन दलित भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न सरकारले भुमी आयोग गठन गरेको हो ।

Leave A Reply

Your email address will not be published.