बैतडी : अन्तरपालिका महिला कबड्डी प्रतियोगिताको उपाधी मेलौलीले हात पारेको छ। भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा बुटबलं उप-महानगरपालिकालाई हराएर बैतडीको मेलौली नगरपालिका प्रथम भएको भएको छ।
आज सम्पन्न भएको फाइनल खेलमा बुटबलं उपमहानगरपालिका रुपन्देहीलाई हराउदै मेलौली नगरपालिकाका विजयी भएको मेलौली नगर खेलकुद संयोजक सागर भण्डारीले जानकारी दिनुभयो। अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा मेलौलीले १ लाख ५० हजार पुरस्कार समेत हात पारेको छ।
नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दार्चुलाको महाकाली नगरपालिका, बैतडीको मेलौली नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका, बुटवल उपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिका, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बनेपाको पनौति नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका गरी १७ वटा पालिकाले सहभागिता जनाएका थिए।