बैतडी-बैतडीको पाटन नगरपालिका वडा नम्बर १ मा घर दैलोमा स्वास्थ्य चेक जाँच तथा फ्लोअप कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
सकार स्वास्थ्य चौकीको आयोजनामा कार्यक्रम कार्यक्रम सुरु भईरहेको छ ।कार्यक्रम सुरु गरेसँगै गाउँमै पुगेर दिँदै आएको स्वास्थ्य चेक,जाँच र उपचार सेवा प्रभावकारी बन्दै गएको सकार स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र भट्टराईले बताए ।
जेष्ठ नागरिकको घरदैलोमै पुगेर दम,सुगर,प्रेसर, नसर्ने रोगको स्वास्थ्य चेकजाँच भईरहेको उनले बताए ।वडा न -१ का ५ टोलमा २३२ जना नागरिकले स्वास्थ्य परीक्षण गराएका छन। उक्त कार्यक्रम चैत्र सात गते सम्म चल्ने बताइएको छ ।
चेकजाँचको क्रममा अधिकांश वृद्धवृद्धालाई दम र सुगर देखिएकाले अपनाउनुपर्ने सावधानी तथा खाना पानको बारेमा ध्यान दिन जरुरी रहेको सकार स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र भट्टराईले बताए ।
स्वास्थ्यकर्मीहरू ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा आफु निकै खुसी भएको स्थानिय भागा वि।कले बताउनुभयो ।अधिकांश ज्येष्ठ नागरिकमा सुगर, दम, उच्च रक्तचाप, लगायत स्वास्थ्य समस्या देखिएका छन ।


