बैतडी-स्वास्थ्य कार्यलय बैतडीकोे अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०८०÷०८१ को अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो।
स्वास्थ्य कार्यलयका बैतडीको आयोजना डिलाशैनी गाउँपालिका का अध्यक्ष शन्तोष प्रकाश जोशीको प्रमुख आथित्थतामा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए।
डिलाशैन गाउँपालिका वडा न ६ गोकुुलेश्वरमा दुई दिन सम्म चलेको अर्धबार्षिक समिक्षामा तथा योजना तर्जुमा कार्यक्रमा स्वास्थ्य निर्देशननालय डोटीका तथ्याङक अधिकृत महेश बोहराको समेत सहभागीता रहेको थियो ।बिभिन्न १० पालिकाका शाखा स्वास्थ्य प्रमुखले अर्धबार्षिक प्रगति अहिले सम्म गरेका कामको प्रगति र अब गर्नुपर्ने कामको बारे समिक्षा तथा योजना तर्जुमाको बारेमा छलफल भएको थियो।
स्वास्थ्य क्षेत्रमा बैतडी सधै अब्बल रहेको र अबपनि सबैको साथ सहयोगले अब्बल बनाउन लागीरहन सबै पालिका प्रमुख स्वास्थ्य कार्यलयका स्वास्थ्य शाखा प्रमुख तथा सबैलाई आग्रह गर्नुभयो।तर्जुमा भएका कार्यक्रम लागु गरि आफ्नो पालिकालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउन लाग्नु पर्ने बताउनुभयो ।
अर्धबार्षिक समीक्षाबाट प्राप्त तथ्यांकका आधारमा आगामी दिनमा कार्यक्रम सञ्चालनमा सहजता हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।
यस्तै अर्धबार्षिक समीक्षा कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा पनि छलफल भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली र नागरिक आरोग्य केन्द्रहरुमार्फत सञ्चालित कार्यक्रमको बारेमा जानकारी दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मत चन्दले बताए ।
२ दिने अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा बैतडीका १० बटा पालिकाका स्वास्थ्य शाखा प्रमुखले अहिले सम्म भएका प्रगतिबारे जानकारी गराउनु भएको थियो।


