रुखबाट खसेर बैतडीमा ३६ वर्षिय युवकको मृत्यु

बैतडीमा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नं ७ कुलाखोलाका अन्दाजी ३६ वर्षिय युवक हरिभान ऐेरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।

शनिवार बिहान ६ बजे तिरको समयमा आफ्नै घर नजिकैको खरबारीमा वस्तुभावका लागि स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक ऐेरका घरमा श्रीमती र ४ छोराछोरी रहेको बताइएको छ।

गत बिहीवार पनि सिगास गाउँपालिका वडा नं ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो।

Leave A Reply

Your email address will not be published.