सिद्धेश्वर माविको केन्द्रमा केन्द्राध्यक्ष, निरिक्षक र परिक्षार्थीलाई स्वागत

बैतडी जिल्लाको पाटन नगरपालिका स्तरिय आधारभुत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०८० आज बाट संचालन गरिएको छ। पाटन नगरपालिकाले प्रत्येक वडाहरुमा एक एक केन्द्र तोक्ने मापदण्ड अनुसार वडा नं। ९, ले श्री सिद्धेश्वर मावि हुक्केडाँडालाई परीक्षा केन्द्र तोकेको थियो।

No description available.

उक्त केन्द्रमा वडाका तिन वटा विद्यालय श्री ज्ञानेश्वर मावि विजयपुर, श्री सिद्धेश्वर मावि हुक्केडाँडा र श्री जनप्रिय आधारभुत विद्यालय काकस्यालीका ३४ जना छात्र र ३३ जना छात्रा गरी ६७ जना बालबालिकाहरुले आजबाट आधारभुत तह कक्षा ८ को परीक्षामा सम्मिलित रहेका केन्द्राध्यक्ष भरत बहादुर कुवँरले बताउन भएको छ। वडाको सबै भन्दा पुरानो र पाएक पर्ने विद्यालय भएको हुदा २०८० साल फागुन ३ गतेका दिन वडा शिक्षा समितिको निर्णयबाट उक्त विद्यालयमा कक्षा ८ को केन्द्र तोकेको थियो।

No description available.

कक्षा ८ को परीक्षालाई संचालन व्यवस्थापन गर्न परीक्षा केन्द्रमा खटि आएका केन्द्राध्यक्ष, निरिक्षक र तिन वटै विद्यालयबाट परीक्षा दिन आएका बालबालिकाहरुलाई विद्यालयको तर्फबाट फूलमाला टिका लगाई स्वागत एवं परीक्षा सफलताको शुभकामना प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताए।

No description available.

स्वागत एवं शुभकामना कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक एवं विद्यार्थीहरुको सहभागिता रहेको विद्यालय स्रोतले जनाएको छ।

No description available.

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.