गंगेश्वर मन्दिरमा शिवलिङ्ग र शिवमूर्ती स्थापना हुदै, आर्थीक सकंलन शुरु

बैतडी : गंगेश्वर देवालयको मन्दिरमा शिवलिङ्ग र शिवमूर्ती स्थापनाको लागि आर्थीक सकंलन अभियान सञ्चालन गरिएको छ। मेलौली नगरपालिका–०८ कोटिगाँउमा रहेको मन्दिरमा शिवलिङ्ग र शिवमूर्ती स्थापना गर्न समाजिक सञ्जाल मार्फत आर्थीक सकंलन अभियान सुरु गरिएको अभियान्ता डम्बर ठगुन्नाले बताए।

हिन्दु धर्मका आराध्यदेव शिवरुपी गंगेश्वर देबताको प्रवेशद्धार र मुख्य पुजापाठ हुने ठाउँ (गबियुर) मा शिवलिङ्ग र शिवमूर्ती स्थापनाको हुने अभियान्ता ठगुन्नाले बताए। गंगेश्वर मन्दिरका करियाहरु, धार्मिक आस्थावान, श्रद्धालु माहानभावहरुलाई स्वःऐच्छिक रुपले आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चालन गरिएको अभियान मार्फत हालसम्म १ लाख रुपैया सकंलन भईसकेको छ। आर्थीक सकंलन अभियानको लागि एउटा समिति समेत गठन गरिएको छ। समितिको अध्यक्षमा डम्बर ठगुन्ना, कोषाध्यक्षमा सत्रुघन सिह बिष्ट लगायत ५ सदस्यीय समिति गठन गरिएको छ।

समितिले देश बिदेशबाट आर्थीक सकंलन गरिरहेको छ। असोज महिनाको नवरात्रामा शिवलिङ्ग र शिवमूर्ती स्थापना गर्ने गरी अभियान सञ्चालन भईरहेकोे छ।

सहयोग गर्न नेपालका लागि

सत्रुघन सिह बिष्ट (कोषाध्यक्ष) खाता नम्बर – 2090170312400001 (कुमारी बैंक मेलौली शाखा )  सम्पर्क नम्बर  9844142785

सहयोग गर्न भारतका लागि

प्रताप सिह बिष्ट (सदस्य) खाता नम्बर- 1435104000046020 ifc code ibkl0001435 idbi bank Bangalore Phone pay / Google pay+91 96117 66407

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.