कैलाली प्रिमियर लिग : पुनर्वास र टिकापुरको दोस्रो जित

धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगितामा आज समूह ए का दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा कञ्चनपुरको पुनर्वास नगरपालिकाले भिमदत्त नगरपालिकालाई ६ विकेटले हरायो भने दोस्रो खेलमा कैलालीको टिकापुर नगरपालिकाले धनगढी उपमहानगरपालिकामाथि ६ विकेटकै जित निकाल्यो। यी दुबै टोलीको यो दोस्रो जित हो ।

दुई खेलमा शतप्रतिशत नतिजा निकालेको पुनर्वास ४ अंकका साथ अंकतालिकाको शिर्ष र तीन खेलमध्ये दुईमा मात्रै विजय भएको टिकापुर दोस्रो स्थानमा छ। पहिलो खेलमा भिमदत्तले दिएको ६९ रनको झिनो लक्ष्य पुनर्वासले ८।३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । जसमा आयुव चन्दले अविजित २७ रनको योगदान गरे। भिमदत्तका मिलन बोहरा र प्रकाश विष्टले २र२ विकेट झारे।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको भिमदत्त १५।५ ओभरमा ६८ रनमा अलआउट भयो। उसका विरेन बमले १३ र अभिषेक थापाले ११ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भिमदत्तको पारि ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच समेत भएका पुनर्वासका खगेन्द्र कुँवर ४ विकेट हात पारे। यस्तै सचिन भट्ट र लेखनाथ शर्माले पनि २र२ विकेट चट्काए।

आजै भएको अर्को खेलमा टिकापुरले धनगढीलाई ४ विकेटले पराजित गर्यो। धनगढीले दिएको ६९ रनको लक्ष्य टिकापुरले ८ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । जसमा प्रेम शाहले सर्वाधिक २६ रन जोडे। फाप्लामै यसअघि पहिला ब्याटिङ गर्दै धनगढी १७।३ ओभरमा ६८ रनमा समेटियो। अविरल विकले २० रन हाने। टिकापुरका लागि सोलुप चौधरीले २ विकेट हात पार्दै म्यान अफ द म्याच भएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो।

यसअघि समूह बी बाट सेमिफाइनल पुग्ने दुबै टोलीको टुंगो लागिसकेको छ। समूह विजेता बन्दै डडेलधुराको परशुराम नगरपालिका र समूह उपविजेता बन्दै डोटीको शिखर नगरपालिका सेमिफाइनलमा पुगेका हुन्।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ। प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएको छ। यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।

No description available.

Leave A Reply

Your email address will not be published.