बैतडीका २५ केन्द्रबाट एसईई परीक्षा सुरु

बैतडीमा पनि आज २५ वटा केन्द्रहरुबाट एसईई परीक्षा सुरु भएको छ । जिल्लाबाट यस वर्ष परीक्षामा ५ हजार ८७ परीक्षार्थी सहभागि हुदैछन् । साधारणतर्फ २ हजार २ सय ४ जना छात्र र २ हजार ४ सय छात्रा परीक्षामा सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ ९४ छात्र र १ सय १६ छात्रा गरेर २ सय १० जना सहभागी हुने सूचना अधिकारी शर्माले बताए।

प्राविधिक धारतर्फ १ सय ५९ छात्र र १ सय १४ छात्रा गरेर २ सय ७३ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । यसैगरी जिल्लामा २ जना परीक्षार्थीले सहायकको मद्दतमा परीक्षा दिन लागेका छन् । जिल्ला दशरथचन्द नगरपालिका २ को निङ्गदासैनी मावि देहिमाण्डौ र पाटन नगरपालिका ६ को कृष्ण माविको केन्द्रबाट दुई जना परीक्षार्थीले अपांगकताका कारण सहायकबाट परीक्षार्थी दिने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.