बैतडी : शिबनाथमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ। च्यारेटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा शिबनाथ गाँउपालिकाको कार्यालयमा यहि चैत्र २७ गते आँखा उपचार केन्द्रको उद्घाटन हुने गाँउपालिकाले जनाएको छ।
आँखा अस्पताल सेवाको पहुँच भन्दा बाहिर रहेका जनतालाई समयमै आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेश साउदले बताए। जनतालाई न्यूनतम शुल्कमा अन्धोपनबाट जोगाउने, दृष्ट्रि दोषको समयमै उपचार गराईने साउदले बताए।
उद्घाटन कार्यक्रममा उपस्थितीत भईदिन गाँउपालिकाले आग्रह गरेको छ। निर्वाचीत जनप्रतिनिधि, राजनितिक दलको प्रतिनिधि, महिला सञ्जाल, दलित सञ्जालका प्रतिनिधि, सञ्चाकर्मी र शिबनाथ बासि सबैलाई उपस्थितीका लागि आग्रह गरिएको छ।
