बैतडी : मेलौली नगरपालिकाले २०८० को कक्षा ८ मा उत्तीर्ण उत्कृष्ट बिद्यार्थीलाई नगद सहित सम्मान गर्ने भएको छ। सोमबार एक सुचना जारी गर्दै नगरपालिकाले (आधारभुत तह) कक्षा ८ मा उत्कृष्ट स्थान प्राप्त गरेका बिद्यार्थीलाई सम्मान गर्ने जनाएको छ।
आर्थीक बर्ष २०८०/०८१ को स्वीकृत बार्षीक विकास कार्यक्रम तथा नगर शिक्षा समितिको निणर्य अनुसार बिद्यार्थीलाई सम्मान गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन सिह भाटले बताउनुभयो। मणिलेक मावीका पवन सिह नायक ३ः६४ जिपीए ल्याएर नगरपालिका भरीमै प्रथम भएका छन। उनलाई नगद २० हजार र प्रमाणपत्र सहित सम्मान गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत भाटले बताउनुभयो।
यसैगरी मणिलेक मावीकै पुष्कर भट्ट ३ः६२ जिपीए ल्याएर द्धित्तीय र शितलपुर मावीमा अध्ययनरत अस्मिता भट्ट ३ः५५ जिपीए ल्याएर तृतीय भएका छन। द्धित्तीयलाई नगद १५ हजार सहित प्रमाणपत्र र तृतीयलाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरीने नगरपालिकाले जनाएको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने तथा विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले विद्यार्थी लाइ पुरस्कृत दिईने शिक्षा युुवा तथा खेलकुद शाखाका प्राविधिक सहायक रोहित भट्टले बताए।नगरपालिकामा संचालित सामुदायिक विद्यालयवाट उत्कृष्ट नतिजा ल्याएको आधारमा छनोट गरि सम्मान गरिने नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो। उहाँले विद्यार्थीहरुमा पढ्न प्रोत्साहन मिलोस र अध्ययनमा प्रतिस्पर्धा होस भन्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो।
नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि विभिन्न कार्यक्रम संचालन गदै आएको छ।
