डडेल्धुराको अजयमेरु गाउँपालिकामा निशुल्क एकिकृत स्वास्थ्य शिविर सुरु भएको छ। बिहीबार वडा नम्बर ६ राजुल जनचेतनाबाट विशेषज्ञ डाक्टरसहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन भएको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए।
६ वटै वडामा संचालन हुने शिविरको एक औपचारीक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष उमेशर प्रशाद भट्ट विकासले उद्घाटन गरेका हुन्। राजुल आधारभुत स्वास्थ्य केन्द्रमा बिहीबार पहिलो दिन २ सय ५० जना सेवाग्राहीले सेवा लिएको गाउँपालिकाले जनाएको छ। जसमध्ये बहिरंग सेवा १ सय ५६ जना, दन्त सेवा ३५ जना, आयुर्वेदिक सेवा ७४ जना, आँखाको उपचार १ सय १० जना, चस्मा वितरण ३१ जना,प्रयोगशाला सेवा २२ जना, भिआए सेवा १२ जना, भिडियो एक्सरे सेवा २२ जना, क्षयरोगको स्क्रीनीङ ३ जना तथा जम्मा औसधि वितरण १ सय ९० जना सेवाग्राहिलाई सेवा दिईको जनाएको छ।
अजयमेरु गाउँपालिका आयोजना तथा डडेल्धुरा अस्पताल डडेल्धुरा, नोभा अस्पताल, केजी अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको वडा अध्यक्ष हरिसिह भण्डारीले बताए। शिबिरमा जनरल चेक जाँच तथा उपचार सेवा, भिडियो एक्सरे सेवा, दन्त उपचार सेवा, निशुल्क औषधि बितरण, ल्याव सेवा, निशुल्क आँखा जाँच तथा चस्मा बितरणका लागि र निशुल्क शल्यक्रिया गर्नुपर्नेहरुको तथ्यांक संकलन, आयुर्वेदिक स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान भइरहेको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताउनुभयो।
अजयमेरु गाउँपालिको सबै वडामा शिविर संचालन भइहरेको छ। भोली १४ गते वडा नम्बर ५ को देवल स्वास्थ्य चौकी बिहान १० बजे देखि दिउँसो ५ बजे सम्म शिविर संचालन हुने छ भने सेती प्रादेशिक अस्पताल धनगढीका बरिष्ट मुठु रोज बिशेषज्ञ डक्टर चित्र राज शर्माद्धारा मुटुरोग सम्बन्धि चेकजाँच तथा उपचार हुने जनाईएको छ।
१५ गते वडा नम्बर ४ चिपुर स्वास्थ्य चौकी बिहान १० बजे देखि दिउँसो ५ बजेसम्म, १६ गते वडा नम्बर ३ आधारभुत अस्पताल, भद्रपुर, १७ वडा नम्बर २ को चमडा स्वास्थ्य चौकी, १८ वडा नम्ब। १ को समैजी स्वास्थ्य चौकीमा शिविर संचालन हुने गाउँपालिका उपाध्यक्ष पालले बताए। शिविरमा आएर स्वास्थ्य सेवा लिन गाँउपालिकाले आग्रह गरेको छ।