स्वर्गीय चन्दको परिवारलाई सीवाईसी नेपाल मेलौली शाखाको आर्थीक सहयोग

बैतडी : मेलौली नगरपालिका-०७ बनालीका स्वर्गीय मदन बहादुर चन्दको परिवारलाई सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड मेलौली शाखाले आर्थीक सहयोग हस्तान्त्रण गरेको छ। समवेदना फोटोसहित १२ हजार ५ सय नगद हस्तान्त्रण गरिएको सीवाईसी नेपाल मेलौली शाखाका प्रमुख मनोज भाट्ले बताए।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड मेलौली शाखा अन्तर्गत शिवनाथ आत्मनिर्भर महिला केन्द्रकि सदस्य सरस्वती चन्दका श्रीमान चन्दको यहि बैसाख १४ असामहिक निधन भएको थियो। मंगलबार मृतकको घरमै गएर परिवारलाई राहत सुविधा अन्तर्गत आर्थीक सहयोग गरीएको मेलौली शाखाका प्रमुख भाट्ले बताए।

सीवाईसी नेपाल मेलौली शाखाका प्रमुख भाट्ले घरमै पुगेर समवेदना फोटोसहित नगद रकम हस्तान्त्रण गरेका हुन।

Leave A Reply

Your email address will not be published.