भोली डैसिलीमा मावि कक्षाको औपचारिक उद्घाटन हुने

बैतडी: पाटन नगरपालिका वडा नम्बर १ मा पर्ने कैलाश आवि डैसिलीमा भोलीबाट माविका कक्षा सुरु हुने भएका छन्। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच माध्यमीक विद्यालय सुरू भएको घोषणा गर्ने लागिएको प्रध्यानाध्यपक गगन सिह बोहराले बताए।

पाटन नगरपालिकाको कार्यपालिकाले संचालन अनुमती दिएपछि कक्षा ९ मा बिद्यार्थी भर्ना भइरहेको छन्। कक्षा ९ यस बर्षबाट पढाई हुनेछ। डैसिलीमा मावि नहुदाँ यहाँका बिद्यार्थीले २ घण्टा हिडेर अन्त्र बिद्यालय जानु पर्ने बाध्यता थियो।

Leave A Reply

Your email address will not be published.