बैतडीको शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागी अनुगमन र तथ्याङक संकलन

बैतडीको शिवनाथ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन थालेको छ। सामुदायिक विद्यालयलाई उकास्न गाउँपालिकाले पालिका भित्रका विद्यालयमा अनुगमन र तथ्याङक संकलन कार्य गरिरहेको शिक्षा शाखा प्रमुख दिनेश सिंह साउँदले बताए।

सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारीहरु संग छलफल भईरहेको साउँदले बताए।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले प्राथमिकताको साथ काम गरिरहेको गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताए। त्यस निम्ति योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ।

शिवनाथमा ३४ विद्यालय र ६ बालविकास गरि ४० सामुदायिक विद्यालय सञ्चालनमा छन।

Leave A Reply

Your email address will not be published.