महाकाली राजमार्गमा जिप दुर्घटना : सात जना घाइते

बैतडी : महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। राजमार्ग अन्तरगत बैतडीको सतबाँझ-सिल्लेगडा सडकखण्डको सुर्नया गाउँपालिका-३सिदुनमा धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको सुपप्र ०२००१ज ३८५ नम्बरको जिप बिहान करिब २ बजेको समयमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ बर्षीय दिपक पार्की, उनका ८ बर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ बर्षीय धनजीत पार्की, उनकी १५ बर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ बर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ बर्षीय करबीर सार्की र ७४ बर्षीय मनोरी सार्की रहेका छन्।

घाइतेमध्ये प्रदीप र रेखालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो ।अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ। जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ बर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरीले जनाएको छ।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.