डडेल्धुरामा नेपाली काँग्रेस गरिव विद्यार्थी कल्याण कोषमार्फत छात्रवृत्ति वितरण हुँदै

डडेल्धुरा-डडेल्धुरामा नेपाली काँग्रेस सांसद, गरिव विद्यार्थी कल्याणकोषमार्फत छात्रवृत्ति वितरण गर्न थालिएको छ । गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न लागिएको हो ।

नेपाली काँग्रेस अजयमेरु गाउँपालिका सभापति टेकराज पाण्डेयले नेपाली काँग्रेसका पुराना नेता तथा राष्ट्रियसभाका पूर्वसदस्य हिरा भट्टको अगुवाईमा छात्रवृत्ति वितरण भइरहेको जानकारी दिए ।

भट्टको अध्यक्षतामा नेपाली काँग्रेस गरिव छात्रवृत्ति कल्याण कोष स्थापना भएकोमा उक्त कोषबाट विद्यालयलाई चेक हस्तान्तरण गर्ने र मापदण्डअनुसार बिद्यार्थीलाई छात्रवृत्ति विद्यालयमार्फत प्रदान गरिने पाण्डेयले बताए ।

आइतबार कोषमार्फत डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पसलाई एक लाख ५० हजार, अजयमेरु गाउँपालिका १ मा रहेको बालकल्याण मावि पुइलेकलाई एक लाख २५ हजार, घनघस्या मावि खतेडालाई ७५ हजार, उग्रतारा मावि पोखरालाई ७५ हजार र डडेल्धुरा बहुुमुखी क्याम्पसलाई एक लाख ५० हजारको चेक सम्बन्धीत विद्यालयलाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस गरिव छात्रवृत्ति अक्षयकोष डडेल्धुराका सचिव तेजबहादुर ऐरले बताए ।

अक्षयकोषमार्फत नै दोस्रो चरणमा केही अन्य विद्यालयहरुलाई पनि छात्रवृत्ति दिइने पनि सचिव ऐरले जानकारी गराए । राष्ट्रिय सभाका पुर्व सदस्य हिरा भट्टले गरिव विद्यार्थीहरुका लागि पठनपाठनमा सहज होस भन्ने उदेश्यले संचालन गरेको बताए ।

भट्ट ०५५ सालमा राष्ट्रियसभा सदस्य हुँदा आएको संसद विकास कोषको रकमबाट नेपाली काँग्रेस गरिव छात्रबृति अक्षय कोष स्थापना भएको हो । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं –१ कोटेली मा जन्मीएका भट्ट नेपाली काँग्रेस डडेल्धुरा जिल्ला सभापति हुँदै जिल्ला विकास समिति डडेल्धुराका सभापति बनेका थिए । ०५० सालमा उनि राष्ट्रिय सभामा संसदिय दलको नेता समेत बनेका थिए ।

Leave A Reply

Your email address will not be published.