बैतडी: शिबनाथकि भलिबल खेलाडी सरीता चन्द सम्मानित भएकि छिन। बैतडीको देहिमाडौंमा बिहीबारबाट सुरु भएको अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा चन्दलाई सम्मान गरिएको शिक्षक अशोक चन्दले बताउनुभयो।
नेकोस बैतडीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा प्रमुख अतिथि समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीद्धारा सम्मान गरिएको शिक्षक चन्दले बताउनुभयो। राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान कार्यक्रम अन्तर्गत चन्दलाई सम्मान गरिएको जनाईएको छ।
चन्द शिवनाथ गाउँपालिका ६ स्थित हिरापुर माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रा हुन।