पाटन–९मा धामीझाँक्री सम्मान तथा आध्यात्मिक बहस कार्यक्रम

बैतडी-बैतडीको पाटन नगरपालिका–९ मा धामीझाँक्री सम्मान तथा आध्यात्मिक बहस कार्यक्रम सम्पन्न भएको छ ।वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका ३४ जना धामीझाँक्री हरुलाई आज एक समारोहका बीच सम्मान गरेको वडा अध्यक्ष कालू सिंह भाटले बताउनुभयो ।
चालू आर्थिक वर्ष २०८०÷८१ मा वडा कार्यालयले सम्मान कार्यक्रमका लागि बजेट बिनियोजित गरिएको र सोही कार्यक्रम बाट सम्मान गरिएको वडा सचीव रामदत्त जोशीले बताएका छ्न ।
वडाका विकास निर्माणका कार्य संगसंगै समाजका हरेक क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आइरहेको वडाले पछिल्लो समयमा आध्यात्मिक बहस समेत संचालन गरेको वडाले जनाएको छ ।
धार्मीक कार्यहरुमा एकरुपता, विकास निर्माणमा सहभागिता, सामाजिक कुरीति न्युपनकरण, समुन्नत समाज निर्माणका पाइला र असल अभ्यास लगायतका विषयबस्तुमा केन्द्रित रही बहस गरिएको जिल्ला समन्वय समिति सदस्य प्रेम सिंह भाटले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.