जन्मदिनको अवशरमा डडेल्धुराका सञ्चारकर्मी ‘विक’द्वारा ट्रयाकसुट हस्तान्तरण

डडेल्धुराका सञ्चारकर्मी भानबहादुर विक ‘भाष्कर’ले आफ्नो जन्मदिन विद्यार्थीहरुसँग मनाएका छन्। डडेल्धुरास्थित सामुदायिक रेडियो अमरगढीमा कार्यक्रम सञ्चालकको रुपमा कार्यरत भाष्करले ह्वाईट पार्कका विद्यार्थीहरुसँग आफ्नो जन्मदिन मनाएका हुन्।

जन्मदिनको अवसरमा भास्करले ह्वाईटपार्क कलेजका विद्यार्थिलाई ६५ सेट ट्रयाकसुट हस्तान्तरण गरेका छन्। सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गरिएको उनले बताए।

जन्मदिन मनाउन आफ्नो क्याम्पस रोजेकोमा क्याम्पस परिवारको तर्फबाट क्याम्पस प्रमुख चित्र पाण्डेयले आभार व्यक्त गरेका थिए। भाष्कर लोक तथा दोहोरी गीत प्रतिस्ठान डडेल्धुराका सचिव तथा नेपाल सास्कृतिक कलाकर्मी संघ डडेल्धुराका अध्यक्ष पनि हुन्।

Leave A Reply

Your email address will not be published.