मेलौलीका ८ वडा पूर्ण खोप सुनिश्चितता वडा घोषणा

बैतडी : मेलौली नगरपालिका आठ वडाहरु पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएका छन्। स्वास्थ्य शाखाले ८ वटा वडाहरुलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा गरेको हो।

मेलौलीमा खोप लगाउन छुटेका एकजना बालबालिका पनि नभेटिएको पालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताए। शाखाले हरेक वर्ष वडाहरुमा पूर्णखोप सुनिश्चितता भए नभएको अनुगमन गरेर वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गर्ने गरेको छ।

मेलौली नगरपालिका वडा न ७ लाई बैशाख ११ गते पूर्णखोप वडा घोषणा गरिने स्वास्थ्य शाखा प्रमुख भाटले बताए। मेलौली नगरपालिकाको सबै वडाहरु पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएपछि अब पालिकालाई नै पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका हुने प्रक्रियामा अघि बढेको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताए।

सोह्र महिनादेखि ५९ महिनासम्मका बालबालिका वडाहरुमा रहेकोमा ती सवै बालबालिकाले तोकिएका बाह्र प्रकारका खोप लगाउने कार्य पूरा भएपछि वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषित गरिएको हो। ती बालकालिकालाई विसिजी, डिपिटी, हेब्बी, एफआईविवि, पोलियो, दादुरा, जेई, टाईफाईड लगायत बाह्र प्रकारका खोप लगाएको कारण वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।

Leave A Reply

Your email address will not be published.