बालबिबाह, लैङ्गिक हिंसा र लागुपदार्थ दुव्र्यसनी बारे प्रशिक्षण सम्पन्न

बैतडी : समाज निर्माणमा असल परिवारको भुमिका र मनोसमाजिक परामर्शबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बैतडीको पाटन नगरपालिका ९ को आयोजनामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा शिक्षाक धन बहादुर महराले समाज निर्माणमा असल परिवारको भुमिका प्रशिक्षण गरेका छन्र। वडा सचिव रामदत्त जोशीले व्यक्तिगत घटना दर्ता, जन्म मुत्यु, बसाइसराइ, जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिंह भाटले बालबिबाह, लैङ्गिक हिंसा र लागुपदार्थ दुव्र्यसनी बारे प्रशिक्षण गरेको जनाएको छ।

महिला तथा बालबालिका शाखा प्रमुख भण्डारीले लैङ्गिक हिंसा निवारण कोष, हिंसामा परेका व्यक्तिहरुलाइ उपलब्ध गराउन सकिने सेवा सुविधा र प्रावधान र सामुदायिक मनोसमाजिक कार्यकर्ता लक्ष्मी भण्डारीले मनोसमाजिक परामर्श बारे जानकारी गराएको वडा सचिव रामदत्त जोशीले बताएका छन्।

वडा कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रम वडा अध्यक्ष भाटको अध्यक्षतामा संचालन गरिएको थियो भने कार्यक्रमको संचालन कार्यालय सहायक मदन सिंह भाटले संचालन गरेका थिए। ६५ जना भन्दा बढी सरोकारवालाहरुको सहभागितामा संचालन गरिएको उक्त कार्यक्रमको अन्तमा लैङ्गिक हिंसा नगर्ने/नगराउने सामुहिक प्रतिवद्धता गरेका थिए।

Leave A Reply

Your email address will not be published.