डडेल्धुराको अजयमेरुमा निःशुल्क योग शिविर शुरु

डडेल्धुराको अजयमेरुमा एक हप्ते निःशुल्क योग शिविर शुरु भएको छ। गाउँपालिका आयोजना र पतन्जली योग समितिको सहयोगमा आजबाट योग शिविर भएको गाँउपालिकाले जनाएको छ।

एक सातासम्म गाउँपालिका सभाहलमा हरेक दिन विहान ५ बजेदेखी साढे ६ बजेसम्म योग शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट विकासले बताउनुभयो। योग गरौ, निरोग रहौ भन्ने मुल नाराका साथ सुरु भएको योग शिविरमा जनप्रतिनिधी, कर्मचारी तथा अन्य योगप्रेमीहरुको उपस्थीती रहेको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए ।

नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको शाखा प्रमुख पालले बताए ।

Leave A Reply

Your email address will not be published.