बैतडी: मेलौली नगरपालिका सबै डा पूर्ण खोप सुनिश्चित वडा घोषणा भएका छन्। आज एक कार्यक्रमका बिच वडा नम्बर ७ लाई वडा घोषित गरिएपछि ९ ओटै वडा पुर्ण खोप सुनिश्चित घोषणा भएका हुन्।
वडामा उमेर समुह अनुसार निर्धारीत सबै खोप लगाउने कार्य पुरा भएपछि वडाहरुलाई घोषणा गर्ने कार्य सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो। सबै वडालाई घोषणा गर्ने कार्य पूरा भएपछि संयुक्त अनुगमनको प्रतिबेदनका आधारमा जेठ महिना भित्र नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको शाखा प्रमुख भाटले बताउनुभयो।
१६ महिनादेखि ५९ महिना सम्मका ४४ जना बालबालिका वडामा रहेकोमा ती सवै बालबालिकाले तोकिएका बाह्र प्रकारका खोप लगाउने कार्य पूरा भएपछि वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषित गरिएको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो। ती बालकालिकालाई विसिजी, डिपिटी, हेब्बी, एफआईविवि, पोलियो, दादुरा, जेई, टाईफाईड लगायत बाह्र प्रकारका खोप लगाएको कारण नौ वटै वडाहरु लाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।