बैतडीको पाटन–१ मा पोषण मैत्री वडा घोषणाका लागि छलफल

बैतडी: पाटन नगरपालिका-१ मा पोषणमैत्री घोषणाका लागि सरोकारवालासंग सुंचाकहरुकाबारे छलफलमा जुटेको छ। शुक्रबार वडा अध्यक्ष तर्कसिह ठगुन्नाको अध्यक्षमा वडा नम्बर एक भित्रका सरोकारवालाहरुसंग सुँचाकहरुका बिषयमा बृहत छलफल गरिएको हो।

शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका लगायत ७ क्षेत्रका अगुवाहरुलाई सहभागी गराएर छलफल गरिएको वडा सचिव डम्बर पाण्डेयले बताए। पोषण मैत्री वडा घोषणाका लागि २२ स्वास्थ्यका सुँचाकसहित ७६ सुँचाक पुरा गर्नु पर्ने बिषयमा अभिमुखीकरण गरिएको सकार स्वाथ्य चौकीका प्रमुख नरेन्द्र भटराईले बताए। उनले भने, ‘हाम्रोमा ७६ सुंचाकको तालिका लगाएका छौ, सुंचाक मध्ये सुचाकका बिषयमा सरोकारवालाहरुलाई अभिमुखीकरण पनि थियो, त्यो आज गरिएको हो।’

सुंचाकमा लैगिक हिसां शून्य हुनु पर्ने लगायतका बिषयमा समेत छलफल गरिएको पाटन नगरपालिका वडा नम्बर १ का सिपीएसडब्लु मालती बिष्टले बताइन्। वडा नम्बर १ मा महिला हिसाँका घटना रोक्न वडा कार्यालयको पहलमा प्रहरी चौकी स्थापना भएपछि जथाभवी मदिरा बिक्री, वितरण समेत नियम भएको उनको भनाई छ।

वडा कार्यालयले कक्षा १ देखी ९ सम्म कक्षा ८ बाहेक वडा स्तरिय परिक्षा गरेकाले अगामी दिनमा नजिता सुधार आउने छलफलमा भुवनेश्वर आधारभुत बिद्यालय लदौलीका प्रधानाध्यक गगन सिह भण्डारीले बताए। कार्यक्रममा जनप्रतिनिधी, प्रधानाध्यपकसहित शिक्षक, महिला स्वास्थ्य सेयमसेवीका, वन समितिीका अध्यक्ष, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कर्मचारी लगायत सरोकारवालाहरुको उल्लेख्य उपस्थीती रहेको थियो।

Leave A Reply

Your email address will not be published.