शिक्षाको गुणस्तर सुधारका लागि सिद्धेश्वर माविद्धारा दुईदिने कार्यशाला गोष्ठी

बैतडी: पाटन नगरपालिका-१ मा पर्ने सिद्धेश्वर मावि मेल्चोराले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ। शिक्षाको गुणस्तर सुधार हुने अपेक्षासहित शिक्षकका लागि दुइदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत रावलले बताए।

अन्य बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई प्रशिक्षकको रुपमा आमन्त्रण गरेर शुक्रबार र सनिबार बिद्यालयमै कार्यशाला गोष्ठीको आयोजना गरिएको प्रधानाध्यापक दिपेन्द्र चाडले बताए।

पेशागत शिपविकासका लागि शैक्षिक समाग्री निमार्ण तथा प्रयोगका बिषयमा छलफलसंगै समाग्री निमार्ण समेत गरिएको उनले बताए। कक्षा ८ को नतिजा न्युन आएपछि बिद्यालय शैक्षीक गुणस्तर सुधारका प्रयासमा लागेको विव्यस अध्यक्ष रावलले बताए।

Leave A Reply

Your email address will not be published.