बैतडी : नेपाल राष्ट्रिय शिक्षक संगठन मेलौलीको दोस्रो नगर परिसद भेला सम्पन्न भएको छ। शानिबार एक कार्यक्रमका बिच भेला सम्पन्न भएको नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्ष भिम दत्त भट्टले जानकारी दिनुभयो।
नेपाल राष्ट्रिय शिक्षक संगठनका मेलौली नगर कमिटी अध्यक्ष केशबानन्द भट्टको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य लक्ष्मण दत्त भट्ट रहनु भएको थियो। यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य जगदिश सिह नायक, जिल्ला कमिटी सचिवालय सल्लाहाकार समिति सदस्य प्रकाश सिह साउद लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।
भेलाबाट नेपाल राष्ट्रिय शिक्षक सगठनको सदस्यता बिस्तार, सदस्यता नविकरण गरिने निणर्य गरिएको जनाईएको छ। यसैगरी मेलौलीको शैक्षिक गुणस्तर सुधार सम्बन्धि निति नियम तथा बिभिन्न शैक्षिक गतिबिधि सम्बन्धि कार्यपत्र तयार गर्नको लागि केशब दत्त भट्टको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य जगदिश सिह नायकले बताउनुभयो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सगठन मेलौलीका सदस्य परमानन्द भट्टलाई सम्मान गरिएको छ। शिवपूर्ण आधारभुत बिद्यालयको प्रधानाध्यापकमा नियुक्त गरिएकाले सम्मान एवं बधाई ज्ञापन गरिएको हो।