प्रधानाध्यापक सघं नेपाल बैतडीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा जोशी

बैतडी : प्रधानाध्यापक सघं नेपाल बैतडीको जिल्ला सम्मेलन सम्पन्न भएको छ। शनिबार पाटनमा सम्पन्न सम्मेलनले जिल्ला कार्य समिति गठन गरेको छ।

प्रधानाध्यापक सघं नेपाल बैतडीको अध्यक्षमा दुर्गा माध्यमिक विद्यालय मेलौली नगरपालिका–०५ खलिगाडका प्रधानाध्यापक पदम राज जोशी चयन भएका छन। यसैगरी सघंको उपाध्यक्षमा शिद्धनाथ माध्यमिक बिद्यालय पाटन नगरपालिका–०२ शिलङ्गाका प्रधानाध्यापक लक्ष्मण सिह बोहरा र सचिवमा शिद्धेश्वर माध्यमिक बिद्यालय पाटन नगरपालिका–०१ मेल्चोराका प्रधानाध्यापक दिपेन्द्र सिह चाड लगायत २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको सचिव चाड्ले बताउनुभयो।

प्रधानाध्यापकहरुलाई सशक्त बनाउन प्रधानाध्यापक सघको जिल्ला कमिटी गठन गरिएको जनाईएको छ। जिल्लाभरीका प्रधानाध्यापकहरुलाइ तालिम दिने, शैक्षीक सामग्री वितरण गर्ने, बिद्यालयको शैक्षीक स्तर सुर्धान, समस्या समाधान गर्ने र बिद्यालयको चौतर्फी विकासका लागि प्रधानाध्यापक सघंले भुमिका खेल्ने सचिव चाड्ले जानकारी दिनुभयो।

सम्मेलनका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा सुदूरपश्चिम सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट रहनु भएको थियो। यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावल लगायत बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.