बैतडीको जाईटकरी लिप्टीङ सिँचाई योजना निर्माणअलपत्र परेको छ। जिल्लाको पाटन नगरपालिका १ मटेमा २०७७ शालमा निमार्ण सुरु भएको सिँचाई योजना निमार्ण अलपत्र परेको हो।
जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बैतडीले निमार्ण गरिरहेको योजनामा बजेट कार्यान्वय गर्ने नसकेर योजनाको बजेट फ्रिज हुने गरेको छ। गत आर्थिक बर्ष पाईप खरिदका लागि विनीयोजीत बजेट फ्रिज भएको कार्यालयले जनाएको छ।
कार्यालयले विज्ञापन प्रकाशित गरेर पाईप खरिद गरेर योजनालाई अगाडी बढाउने प्रयास गरेको जनाएको छ। तर जिल्ला दर रेट भन्दा बजार मुल्य बढी भएकाले कुनै पनि व्यवसायीक फार्मले टेण्डर खरिद नगरेको जनाएको छ। यो आर्थिक बर्षमा उपभोक्ता समितिले पाईप खरिद गर्ने भनेर एक किसिमको सहकार्य गरेर गएको कार्यालयका सूचना अधिकारी राजेन्द्र नाथले बताए । उनीहरूले पाइप खरिद गरे काम आगामी आर्थिक बर्षबाट सुरू हुने छ।
उभोक्ताले खरिद गरे श्रमदान जोडिने भएकाले उपभोक्ताले बढी मूल्य तिर्नु पर्ने भएकाले खरिद गर्ने नसकेको उपभोक्ता समितिका अध्यक्ष पदम राज भट्टले बताए। उनका अनुसार यो बर्ष कार्यालय पाईप खरिदका लागि उपभोक्तालाई पेशी नदिएकाले समस्या आएको बताए।
रकम लगानी गरेर योजना अलपत्र हुदाँ स्थानीयहरु सिँचाई सुविधाको आशा मात्र दिएको स्थानीय नविन भट्टले बताए। कार्यालयको कमीकर्मजारीले यहाँका जनता सिँचाई सुविधा पाउनबाट बञ्चीछ भएको स्थानीय भट्टको आरोप छ।
