बैतडीमा जिप दुर्घटनाः ५ जना घाईते, एकको अवस्था गम्भीर

बैतडीमा जिप दुर्घटनामा परेको छ। जिल्लाको दशरथचन्द नगरपालिकाको गोठलापानीबाट झुलाघाट तर्फ जाँदै गरेको जिप सोही नगरपालिकाको बाराकोटमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रमुख (डिएसपी) दिपक गिरीले बताउनुभयो।

बुधबार दिउँसो २ः५० मिनेटको समयमा जिप अनियन्त्रित भए सडकबाट खसेको जनाईएको छ। दुर्घटनामा ५ जना समान्य घाईते र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख (डिएसपी) गिरीले जानकारी दिनुभयो।

घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको गिरीले बताए।

Leave A Reply

Your email address will not be published.