बैतडी -बैतडीमा पोलियो रोग विरुद्धको आई पि भी खोप अभियान सञ्चालन भएको छ ।
उक्त अभियानको पहिलो दिन आज मेलौली नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा २३७ जनालाई लगाइएको स्वास्थ्य शाखामा कार्यरत राज बहादरु चन्दले जानकारी दिनुभयो।
जिल्लाका सबै स्थानीय तहमा शुरू भएको यो अभियान जेठ २३ गतेसम्म सञ्चालन हनेछ। यहाँका १२ हजार ८३५ बालबालिकालाई आई पि.भी खोप दिइने र जसका लागि जिल्लाका ४६० खोप केन्द्र निर्धारण गरिएका छन।