लक्ष्मीपुर आबिको छाना हावाहुरीले उडायो

बैतडी: हावाहुरीका कारण बैतडीका एक विद्यालयमा क्षति भएको छ। जिल्लाको मेलौली नगरपालिका ७ पचकोरा स्थित लक्ष्मीपुर आधरभुत विद्यालयमा हावाहुरीले क्षति गरेको हो।

हावाहुरीका कारण बिद्यालयको चार कोठाको छानो उडाएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र कार्कीले बताउनुभयो। बिहीबार अपरान्ह आएको हावाहुरीले विद्यालय भवनको छाना उडाएको उहाले बताउनुभयो।

बिद्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या हुने भएको छ। हावाहुरीले उडाएको जस्तापाताले बिद्यालय नजिकै रहेको स्थानीय राज बहादुर चन्दको तरकारी खेतीमा क्षति पुगेको छ।तरकारी खेतिको लागि तयार पारिएको पोलिहाउसमा क्षति भएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.