बैतडीको शिवनाथमा भिरबाट खसेर स्वंयमसेविकाको मृत्यु

बैतडी:  शिवनाथमा भिरबाट खसेर एकजना महिलाको मृत्यु भएको छ। शिवनाथ गाँउपालिका–०५ कफाडीकी ३४ बर्षीया बिन्दु चन्दको भिरबाट खसेर मृत्यु भएको गाँउपालिका प्रबक्ता केशब बहादुर चन्दले बताउनुभयो।

मंगलबार बिहान ०७ः३० बजे घास काट्ने क्रममा कोट भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको गाँउपालिका प्रबक्ता चन्दले बताउनुभयो। मृतक चन्द सामुदायिक महिला स्वंयमसेविका समेत हुन।

उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा बिगत १३ देखी स्वंयमसेविकाको रुपमा कार्यरत रहेकी थिईन।

Leave A Reply

Your email address will not be published.