बैतडीका पत्रकार विष्टलाई युवा पत्रकारिता पुरस्कार

बैतडीका पत्रकार विनोद सिंह विष्टलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ।

राष्ट्रिय समाचार समिति बैतडीका समाचारदाता विष्टलाई मन्त्रालयले असार पहिलो हप्ता सिंहदरबारमै नगद पुरस्कारसहित सम्मान गर्नेछ। मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन आह्वान गरेको थियो। देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारका विष्ट पुरस्कारको लागि छनौट भएका हुन्।

पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहनुभएका विष्टले उक्त पुरस्कार पाउने भएपछि खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै पेसामै रहिरहन उर्जा मिलेको बताउनुभयो ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहनुभएको छ।

May be an image of blueprint, ticket stub and text

Leave A Reply

Your email address will not be published.