बैतडी : मेलौलीमा चितुवाको आक्रमणबाट एक महिला सामान्य घाईते हुनु भएको छ। मेलौली नगरपालिका ८ कोटिगाँउ डफन्नाकि ३२ बर्षीया भानु बिष्ट घाईते हुनु भएको ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीले जनाएको छ।
शुक्रबार दिउसो ०३ः४५ बजे घर नजिकै डाडापारी भन्ने ठाँउमा चितुवाले आक्रमण गरेको जनाईएको छ। बिशालपुर कृषि बहुउद्देश्यीय सहकारीमा जाने बेला बिच बाटोमा जम्काभेट हुदा आक्रमण गरेको स्थानीय अकबर राम लुहारले जानकारी दिए।
आक्रमण गरे लगत्तै हो-हल्ला गरेपछि चितुवा भागेको जनाईएको छ। घाईते बिष्टको घुडामाथि सानोसानो ४ ओटा घाउ भएको ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीले जनाएको छ। घाईते बिष्टको बिशालपुर स्वास्थ्य चौकिमा उपचार पश्चात घर पठाईएको छ।
घाईते बिष्टको भोली केशरपुर प्राथमीक स्वास्थ्य केन्द्रमा रेबिज बिरुद्धको खोप लगाईने प्रहरीले जनाएको छ। गाउँमा चितुवा देखिएपछि स्थानीयहरु त्रसित बनेका छन।
तल्लोस्वराड क्षेत्रमा गएको १३ वर्षयता चितुवाको आक्रमणबाट २८ जनाको ज्यान गइसकेको छ।