टी–२० विश्वकप : उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन्। फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ। भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो।

भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ। उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो। त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो। दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ। उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो।

दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो। नवौँ संस्करणको यो विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। दक्षिण अफ्रिका आठ र भारत सात खेलमा अपराजित छन्। भारतले क्यानडासँगको खेलमा वर्षा बाधक हुँदा अङ्क बाँडेको थियो।

नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका हुन्। गएको जुन २ तारिख अर्थात् जेठ २० गतेदेखि शुरु भएको प्रतियोगितामा २० देश सहभागी थिए। दोस्रो पटक टी-२० विश्वकप खेलेको नेपाल भने समूह चरणबाटै बाहिरीएको थियो।

Leave A Reply

Your email address will not be published.