रास्वपा महामन्त्री ढकाल निलम्बित, कावा जिम्मेवारी बुर्लाकोटीलाई

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा। मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो।

बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ। ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत बैठकमा अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख छ।

ढकालले भने आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही भएको बताउनुभएको छ। हिजोको बैठकमा ढकालले ३९ जिल्लामा घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्नुभएको थियो। तर केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव अस्वीकृत गरेपछि उहाँ मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी हुनुभएको थियो।

Leave A Reply

Your email address will not be published.